फेस्टको एकेडेमिकको डाइरेक्टरमा : भट्ट नियुक्त

छिनोफानो   शुक्रबार ०२, बैशाख २०७९ १२:०९

फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनिमा एकेडेमिक डाइरेक्टरमा ई .चद्रप्रकाश भट्ट नियुक्त भएका छन् । फेस्ट कम्पनिका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारी र सिईओ ई बिक्की महतले Þभट्टलाइ स्वागत गरेका हुन् । भट्टले एनआइसिटि, एनसिसिएस स्वस्तिक कलेज ,धनगढी इन्जिनियरिङ कलेज, भ्याली भिउ कलेज,का साथै अन्य प्रख्यात कलेजहरुमा अध्यापनका साथै आईटी कम्पनिमा पनि आवद्ध भएर अनुसन्धानमा काम  गराईसक्नु भएका छ ।  

फेस्ट एकेडेमिकले विशेषत शैक्षिक क्षेत्रलाई प्रविधि मैत्री बनाएर उपलब्धी मुलक प्रतिफलका लागि निरन्तर काम गरिरहेको छ ।  फेस्ट एकेडेमिकले डिजिटल बोर्ड नामक प्रोडक्ट बनाएर सातै प्रदेशमा काम गरिरहेको छ । डिजिटल बोर्ड स्कुल, कलेज, क्याम्पस र विभिन्न विश्वविद्यालयहरुको लागि  अति उपयोगि क्लाउड पद्धतिमा आधारित नेपालमा तयार गरिएको अन्तराष्ट्रिय स्थरको शैक्षिक प्रवर्धन सुचना प्रणाली तथा गुणस्तरीय एकिकृत शैक्षिक व्यवस्थापन प्रणाली वेब एप्लीकेशन, डेस्टप र मोबाइल एप्लीकेशन हो । हाल सातै प्रदेशमा काम गरिरहेको फेस्टका सिईओ पवन प्रसाद भट्टले बताए ।  

प्रविधीमैत्री शिक्षालाई थप प्रभावकारी बनाउन फेस्ट कम्पनिले शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु, कृत्रिम बौद्धिकता, अनुसन्धान, अविष्कार, नवचारमा मा रहेर प्रोग्रामहरु गर्ने,  शिक्षक शिक्षिकाहरुलाइ तालिम, शिक्षण सिकाई सम्बन्धित कार्यक्रमहरु गर्ने, विभिन्न कार्यशाला, विभिन्न स्कुल कलेजहरुमा विभिन्न विज्ञान र प्रविधि सम्बन्धि तालिम गर्ने , टेक्नीकल सर्पोट, हार्डवयर सम्बन्धित तालिम अन्य लगायतका विभिन्न व्यावसायिक तालिम लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने फेस्टका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले बताउनु भएको छ ।

फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) ले लकडाउन निशुल्क नेपाली वर्णमाला गुगल प्ले स्टोरमा सार्वजनिक गरेको थियो भने कोभिडको बेला अनलाइन मार्फत सयौँ जनालाई निशुल्क सि र सि प्लस प्लस प्रोग्रामिङ ल्याङवेज पढाएको थियो । फेस्टले विभिन्न क्षेत्रसँग सम्बन्धित सफ्टवेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटि सम्बन्धी जुनसुकै कार्य परामर्श र इन्टनसिप र जागिरको व्यवस्थागर्ने काम पनि गरिरहेको छ । फेस्ट कम्पनीले प्रविधिको क्षेत्रमा विगत ७ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेको फेस्ट कम्पनिका संस्थापक तथा सिइओ विक्कि महतले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु