पोखरामा कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा तनहुँ शुक्लागण्डकी नगरपालिका-२ एक्लेखेतका ३५ वर्षका मीनबहादुर पाइजा रहेका छन् ।
दुर्घटनामा मीनबहादुरकी श्रीमती दानुमाया पाइजा गम्भीर घाइते भएकी छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । नयाँ वर्षका दिन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामजी बराल (जीवन) ले प्रयोग गर्दै आएको ग १ झ ४४५ नम्बरको गाडीले पाइजा दम्पति सवार ग १६ प ५१८१ नम्बरको मोटरसाइकललाई पोखरा ३२, गगनगौंडामा ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते मीनबहादुरको पाँच दिनपछि सोमबार मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस