डडेलधुरामा वडा अधिवेशनको मिति तय;

  मङ्गलबार २२, भदौ २०७८ ०४:२३

 प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा वडा अधिवेशनको मिति तोकिएको छ ।क्रियाशील सदस्यहरुको सूची जिल्ला पठाइए लगतै वडा अधिवेशनको मिति तोकिएको हो ।क्रियाशील सदस्यहरुको सूचीका बिषयमा बिवाद उत्पन्न भएपछि सभापति कै गृह जिल्ला डडेलधुरामा  अधिवेशन सुरु हुन सकेको थिएन ।काँग्रेसको ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेता पनि क्रियाशील सदस्यसम्बन्धी विवादका कारण डडेलुधरासहित  २१ जिल्लामा वडा अधिवेशनको मिती तोक्न बाँकी रहेको छ ।क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सूची दिने बित्तिकै बाँकी जिल्लाहरुमा पनि अधिवेशनको मिति  तय हुने अनुमान छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु