सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद बाट राजीनामा गर्ने घोषणा गरेका छन् । बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्देे मल्लले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका छन्। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा आफूहरुलाई पेलेको भन्दै मल्ल समूह रुष्ट बनेको थिया े। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उनले आफू निकट नेता कार्यकर्तालाई नेपाली कांग्रेस बीपीबाट उम्मेदवारी दर्ता गर्न लगाएका छन्। उक्त समूहले नेकपा एमालेसँग गठबन्धन समेत गरेको छ ।
केही दिन अघिमात्र नेपाली कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहनेगरि उनलाई कारबाही गरेको थियो ।
प्रतिकृया दिनुहोस