भन्सार छलेका एक लाख बढी मूल्यका सामान बरामद

छिनोफानो   शनिबार ०९, असोज २०७८ ०२:२१

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बलले १ लाख बढीको भन्सार छलेका सामान बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट ब्रह्मदेव, गड्डाचौकी, सुन्दरनगर र डोकेबजारबाट खटिएका टोलीले बेवारिसे अवस्थामा रहेको १ लाख ४ हजार ६४० मूल्य बराबरको प्लास्टिकको कुर्सी/भाँडा बर्तन, शृङ्गारको समान, स्विट सुपारी, बिँडी र कपडालगायत सामान बरामद गरेको हो। 

बरामद गरिएका सामानहरूलाई आवश्यक कानुनी कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वार्टर शैलेश्वरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु