धनगढीको नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु,अस्पताल क्षेत्र तनावग्रस्त

छिनोफानो   आइतबार १०, असोज २०७८ ११:१५

धनगढी । धनगढीको नवजीवन अस्पतालमा एक सुतकेरी मृत्यु भए पछि अस्पतालमा तनाब सिर्जना भएको छ । डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो। उनका आफन्तले डाक्टरको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको आरोप लगाएका छन्।

उनीहरुले अस्पतालसँग मेडिकल रिपोर्ट माग गर्दै मृत्युको  कारण खुलाउनु पर्ने भन्दै अस्पताल घेराउ गरेका छन्। कल्पनाले जन्म दिएको बच्चा एनआईसीयूमा रहेको अस्पतालले जनाएको छ। अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन समेत गरिएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु