सेती प्रादेशिक अस्पतालका चिकित्सकहरु समयमै कार्यकक्ष नआउदा सेवा ग्राहीलाई सास्ती

पवन भण्डारी   आइतबार १०, असोज २०७८ ११:१९

पवन भण्डारी,धनगढी । सुदुरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा चिकीत्सकहरु समयमै कार्यलय नआउदा बिरामीहरु मर्कामा पर्ने गरेका छन । बिहान  देखि नै चेक जाँचका लागी लाईनमा लागेका बिरामीहरु ११ बजे सम्म पनि चिकीत्सकहरु कार्य कक्षमा नआउदा मर्का परेका हुन । 


सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकीत्सकहरु बिहान करिब सवा १० बजे आफनो कार्यकक्षमा पुग्नु पर्ने नियम रहेको भएपनि ११ बजे सम्म समेत डाक्टरहरु नआउने गरेको र पछि पनि हतार हतार क्लीनिकमा जाने गरेको बिरामीहरुको गुनाँसो रहेको छ । उनिहरुले  चिकीत्सकहरु  समयमै नआउदा चेकजाँचका लागी निजि अस्पताल या क्लीनिक जानु परेको बताउछन । 


सेती प्रादेशिक अस्पतालमा रहेका चिकीत्सकहरुका बाहीर आफनै क्लीनिकहरु भएका कारण उनिहरु बाहीरै ब्यस्त हुने गरेको तर अस्पतालका बिरामी लाई वास्ता नै नगरेको बिरामीहरुको गुनाँसो छ । चिकित्सकहरु अस्पतालमा समयमा नपुग्दा लाईनमा बस्न समेत बिरामीहरु लाई गाह्रो हुने गरेको सेवाग्रहीको गुनाँसो छ ।


यता सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ड डा हेम राज पाण्डेले कुनै पनि चिकित्सकहरु समयमा कार्यकक्षमा उपस्थीत नभएको आफुलाई आधाकारीक जानकारी नआएको र यस बारे आफुले बुझेर कारबाही गर्ने बताए । उनले अस्पतालमा रहेका अन्य समस्याहरु समेत एक महिना भित्र नै हल हुने बताए । 


उसो त सेती प्रादेशिक अस्पताल यस बिषयमा पटक पटक बिबादमा आउदै गरको छ । सेती प्रादेशिक अस्पतालमा रहेका चिकीत्सकहरु मनमर्जी रुपमा कार्यलयमा आउदा पनि प्रसाशन भने मौन बस्ने गरेको बिरामीहरुले आरोप लगाएका छन । चिकीत्सकहरु समयमै कार्यकक्षका उपस्थीत नहुनु तर्फ  अस्पताल प्रसाशन गम्भीर बन्न जरुरी छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु