सुदूरपश्चिमका दुई सहित नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन

छिनोफानो   आइतबार १०, असोज २०७८ ११:२३

सुदूरपश्चिमका दुई सहित नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन बनेका छन् । गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको हो । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

आफूखुसी गैरहाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत छन् ।

कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । यसैगरी डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १ घर भएका डम्बर दियाल पनि सम्पर्कविहीन छन ।

यसैगरी प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ र पदम बहादुर थापा श्रीस पनि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु