१७ केजी गाँजासहित मोरङबाट एकजना महिला पक्राउ

छिनोफानो   आइतबार १०, असोज २०७८ १२:३३

मोरङ प्रहरीले १७ केजी अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-१४ जतुवा बस्ने २५ वर्षीया आरती देवी यादव रहेका छन् ।

घरमा लागूऔषध लुकाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई १७ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु