अखिल(क्रान्तिकारी) डोटीको आठौ जिल्ला सम्मेलन सम्पन्न ;अध्यक्षमा प्रकाश कठायत

  मङ्गलबार २२, भदौ २०७८ ११:४१

  बिप्लप नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) डोटी जिल्ला को आठौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्ला को डोटी बहुमुखि क्याम्पस  सभाहलमा जिल्ला सम्मेलन एक कार्यक्रमका बिच समापन भएको हो । यस संगै अखिल(क्रान्तिकारी) डोटीको नयाँ कार्यसमिती ले पुर्णता पाएको छ । जसको अध्यक्षमा प्रकाश कठायत, उपाध्यक्षमा दीपक भण्डारी,सचिव टेकेन्द्र बोगटी,सहसचिव गोविन्द महरा र कोषाध्यक्ष योगेन्द्र थापा निर्वाचित भएका छन । सम्मेलन मार्फत प्रकाश कठायत लगाएत १९ सदस्य जिल्ला समिति गठन भएको हो  ।


कार्यक्रमको प्रमुख अतिथीमा अखिल(क्रान्तिकारी) सेम ब्युरो संयोजक बिरेन्द्र शाह रहनु भएको थियो भने विशिष्ट अतिथीमा पार्टी सेक्रेटरी ध्रुव र अतिथीमा जनपत्रकार संगठन नेपाल सुप संयोजक प्रकाश थापा,पार्टी जिल्ला सदस्य बिद्रोहि,मोहन,कृष्ण,सुसिल,छत्र,अनेरास्ववियु अध्यक्ष डबल बोहरा ,अनेरास्ववियु क्रान्तिकारी प्रतिनिधी योगेन्द्र भट्ट संगै कार्यक्रम संचालन दीपक भण्डारीले गरेका थिए ।


 कार्यक्रमको उद्घाटन प्रमुख अतिथी रहनु भएका अखिल(क्रान्तिकारी) सेम ब्युरो संयोजक बिरेन्द्र शाह ले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै शाह ले  अहिलेको शिक्षा प्राणाली भनेको बैज्ञानिक  तौर तरिका युग अनुकुल मान्य नभएको जसको परिणाम  बेरोजकारी  सगै विदेश पलायन गराउने  माध्यम भएको र दलाल व्यवस्थाको अन्त्य सँगै  यो शिक्षा प्रणाली अन्तय गरि प्राबिधिक तथा वैज्ञानिक शिक्षा प्रणाली लागु भए युवाहरु स्वदेश मै रोजगारी हुन सक्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु