बोगटानबासीको वषौं देखिको अधुरो सपना पुरा भयो; मुख्यमन्त्री भट्ट

छिनोफानो   मङ्गलबार १२, असोज २०७८ १२:३१

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बोगटानबासीको वषौं देखिको अधुरो सपना पुरा भएको बताएका छन् ।  सडक अनुगमनका लागी डोटी पुगेका मुख्यमन्त्री भट्टले सहजपुर–बोगटान हुँदै दिपायल जोड्ने सडक निरिक्षणका क्रममा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन ।

बडिकेदार गाउँपालिका पुगेका उनले प्रदेश सरकारको अथक प्रयासले वर्षौँपछि सडक जोडिएको छ,अब यहाँका फलफूल तथा तरकारीले बजार पाउने, नागरिकको घरैमा गाडी चढ्न पाउने र नागरिकलाई घरैमा रोजगारी मिल्ने बताए । साथै मुख्यमन्त्री भट्टले  सडक कालोपत्रका लागि प्रदेश सरकारले पहल गर्नेसमेत आश्वासन दिए। हालै मात्रै जोडिएको उक्त सडक  प्रदेश सरकारको तीन करोड ८३ लाखको लागतमा खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरूपमा निर्माण गरेको हो।

सडक जोडिए संगै याँहाका नागरिकमा खुसियाली छाएको छ। उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआईसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् भने अब यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन्। बोगटान क्षेत्र अदुवा, अमिलो, बेसार (हल्दी) तथा सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँका रूपमा चिनिँदै आएको छ । सामान ले बजार पाए आयस्तर वृद्धि हुने भन्दै  किसान बढी खुसी भएका छन् । 
मुख्यमन्त्री भट्टले प्रदेश सरकार स्थापनापछि, प्रदेश सरकारले यहाँका नौवटै जिल्लामा थुप्रै विकासका कामहरू गरेका, जो क्रमिक रुपमा सम्पन्न भईरहेको बताए ।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु