नवजीवन अस्पतालमा मृत्यु भएकी सुत्केरीको तीन दिनसम्म पनि शव उठेन

राजन जैगडी   मङ्गलबार १२, असोज २०७८ ०२:५४

धनगढीको नवजीवन अस्पतालमा मत्यु भएकी सुत्केरीको शव अझैसम्म उठ्न सकेको छैन।डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको आइतबार बिहान  उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो।  
 उनलाई शनिबार बिहान १० बजे सुत्केरी व्यथा सुरु भएपछि अस्पताल पुर्‍याइएको थियो। दिनभर सुत्केरी हुन संघर्ष गरेकी पनि सुत्केरी हुन नसके पछि  राति ११ बजेर ४४ मिनेटमा  भ्याकुम प्रयोग गरेर गर्भमा रहेको शिशुलाई निकालिएको अस्पतालले जानकारी दिएको छ। बिरामी स्वयंले अप्रेसनका लागि अनुरोध गर्दा पनि चिकित्सकले भ्याकुम प्रयोग गर्दा मृत्यु भएको दावी आफन्तले गरेका छन ।महिनौँअघिदेखि चेकजाँच गर्दै आएका डाक्टरले बिरामीको अवस्था थाहा नपाउनु लापरबाहीको पारकाष्ठा रहेको मृतकका आफन्तले बताउदै आएका छन । आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै माग सम्बोधन नभएसम्म मृतकको शव नउठाउने अडान लिएका छन् ।  नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अस्पताललाई सुरक्षा दिइरहेको छ। शिशुलाई अस्पतालकै एनआइसियूमा राखिएको छ। 
यता अस्पतालले भने आफन्तले उठाएको मागहरु मध्य  ‘शिशुको भरणपोषण, मृतकको नाममा प्रतिष्ठान स्थापना लगायतका मागमा आफु सहमत भइसकेको  तर  दोषीलाई कारवाहीको बुँदामा भने अस्पताल प्रशासनले मुद्दामा जान मृतकका आफन्तलाई आग्रह गरे पनि शव उठाउन नमानेको जानकारी दिएको छ । 
सहमतिको लागि जिल्ला प्रशासनमा छलफल जारी राहेको  छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु