नवजीवन अस्पतालमा मृत्यु भएकी सुत्केरीको शव सहमतिपछि आफन्तले बुझे

राजन जैगडी   मङ्गलबार १२, असोज २०७८ ०५:४३

धनगढीको नवजीवन अस्पतालमा मत्यु भएकी सुत्केरीको शव आफन्तले बुझेका छन्।डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको आइतबार बिहान  उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो।  
 उनलाई शनिबार बिहान १० बजे सुत्केरी व्यथा सुरु भएपछि अस्पताल पुर्‍याइएको थियो । 

महिनौँअघिदेखि चेकजाँच गर्दै आएका डाक्टरले बिरामीको अवस्था थाहा नपाउनु लापरबाहीको पारकाष्ठा रहेको मृतकका आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै माग सम्बोधन नभएसम्म मृतकको शव नउठाउने अडान  लिएका थिए ।

‘शिशुको उपचार, भरणपोषण, मृतकको नाममा  २ लाख ५० हजार अक्षयकोश  स्थापना ,क्षतिपूर्ति दिने लगायतका मागहरु संम्बोधन  भएर संगै आफन्तले शव बुझेको अस्पतालले जानकारी दिएको छ ।शव अन्त्येष्टिका लागि धनगढीको बडहरामा लगिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु