प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा, साइकल किन्दा अनियमितता गरेको शङ्का

छिनोफानो   बुधबार १३, असोज २०७८ ०४:३०

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । प्रदेश २ सरकारले छात्राहरूलाई बाँड्नका लागि गरेको साइकल खरिद कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको बर्दिबासमा रहेको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।

साइकल खरिदबारेमा अनुसन्धान गर्ने आयोगको निर्णयअनुसार टोली गएर उजुरी परेको तथा सञ्चारमाध्यममा आएको विषयसँग जोडिएका कागजात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्ने गरी बेटी पढाउ, बेटी बचाउ कार्यक्रम सञ्चालन गरेको छ । त्यही कार्यक्रममार्फत छात्राहरूलाई साइकल बाँड्ने कार्यक्रम रहेको छ ।

नियन्त्रणमा लिएका कागजात केन्द्रमै ल्याएर अनुसन्धान थालिने पनि प्रवक्ता रिसालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु