गोदावरीका समाजसेवी युवा खरेल द्धारा ९ वटा क्लबलाई खेलकुद सामग्री सहयोग

छिनोफानो   बुधबार १३, असोज २०७८ ०६:३०

कैलालीको गोदावरी नगरपालिकामा रहेका ९ वटा युवा क्लबहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ । बिश्व हिन्दु युवा महासंघ सुदुरपश्चिम प्रदेश सदस्य तथा राष्ट्रिय सरोकार मञ्च कैलालीका उपाध्यक्ष मनिष खरेलले व्यक्तिगत रुपमा नगरका ३ वटा वडामा रहेका ९ वटा युवा क्लबहरुलाई खेलकुद सामग्री वितरण गरेका हुन ।
उनले वडा नं. २ का २ वटा, वडा नं. ३ का ५ वटा र वडा नं. १० का २ वटा युवा क्लबहरुलाई फुटबल तथा भलिबल वितरण गरेका छन । युवा समाजसेवी खरेलले समाजमा रहेका युवाहरुलाई खेलप्रति अभिरुची जगाउन खेलकुद सामग्री वितरण गरिएको बताए ।

सेतो हिमाल

उनले खेलकुदले भविष्यका कर्णधार युवालाई स्वस्थ राख्न पनि मद्दत मिल्ने बताए । ‘कैलाली सिमा क्षेत्रको जिल्ला हो, यहाँ लागुऔषध को विक्रिवितरण सहज भएकाले युवाहरु सबै कुलतमा फस्ने गरेका छन’ उनले भने ‘खेलकुदले युवाहरुलाई कुलतबाट पनि टाढा राख्न सहयोग गर्छ ।’ उनले आगामी दिनहरुमा पनि युवाहरुको खेलप्रतिको भावनालाई बृद्धि गर्न यस्ता सहयोगहरु गर्ने बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु