युवतीले नक्कली परिचयपत्र बोकेको भेटिएपछि नगरपालिकाले थाल्यो छानबिन

छिनोफानो   बिहिबार १४, असोज २०७८ ०२:४७

कञ्चनपुर,१४ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नक्कली परिचयपत्र बोक्ने युवतीमाथि छानबिन शुरु गरेको छ । नगरपालिकाको छाप र दस्तखतको दुरुपयोग गरेर सामाजिक परिचालिकाको नक्कली परिचयपत्र बोकेको पाइएपछि नगरपालिकाले छानबिन शुरु गरेको हो ।

भीमदत्त नगरपालिकाकै बासिन्दा रहेकी गायत्री भट्टले आफू सामाजिक परिचालिका भएको भन्दै सरकारी छाप र दस्तखत किर्ते गरेर बनाइएको परिचयपत्र बोकेर विभिन्न कार्यक्रममा सहभागी हुने गरेको पाइएपछि आवश्यक अनुसन्धान थालिएको नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले  बताए । उनले ती युवती आफ्नो कर्मचारी नभएको, सरकारी छाप र दस्तखत कित्र्ते गरेको बताए ।

यता भट्टले भने आफ्नो नाममा अरु कसैले परिचयपत्र बनाएर दुरुपयोग गरेको दाबी गरेकी छन् । उनको व्यक्तिगत मोबाइल नम्बर समेत राखिएको उक्त परिचयपत्र आफूले प्रयोग नगरेको जिकिर गर्दै भट्टले आफ्नो बदनाम गर्ने मनसायले अरुले नै त्यस्तो काम गरेको हुनसक्ने दाबी गरिन् । तर सामाजिक सञ्जालमा उनकै फेसबुक वालमा परिचयपत्र राखिएको भेटिएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु