भुईमै बस्न बाध्य डोटीको भवानी आधारभुत बिद्यालयका बिद्यार्थी

पवन भण्डारी   शुक्रबार १५, असोज २०७८ १०:५४

पवन भण्डारी, डोटी । डोटीको बोक्टान फुडसिल गाँउपालीका ६ मा रहेको भवानी आधारभुत बिद्यालयका बिद्यार्थी डेस्क बेन्च र कक्षा कोठाको अभाबमा भुईमै बसेर पढ्न बाध्य भएका छन । कक्षा ७ सम्म सञ्चालनमा रहेको उक्त बिद्यालयमा बिद्यार्थीको संख्या धेरै र कक्षा कोठा सानो हुदा पठन पाठनमा समस्या भईरहेको हो । 


बिद्यार्थीहरु लाई बर्षौ पुराना जिर्ण भवनमा भुईमै बसेर पठन पाठन गर्नु पर्ने बाध्यता छ । बिद्यार्थीहरुको पठन पाठनका लागी उपयुक्त सामाग्री समेत नरहेको शिक्षक चन्द्रा कुमारी खड्काले गुनाँसो गरिन । उनले भनिन् चिसो समयमा बिद्यार्थी लाई पठनपाठनमा निकै समस्या हुन्छ । बर्षाको समयमा छाना चुहीने हुदा बस्न नसकिने अवस्था हुन्छ उनले भनिन् । 


बर्षौ देखि बिद्यार्थीहरु लाई जिर्ण भवनमा भुईमै बसायर पढाउनु परेको शिक्षक गोबिन्द बहादुर बोगटीले बताए । उनले उचित कक्षा कोठाको लागी पहल गरि दिन समन्धीत निकाय सँग माग समेत गरेका छन ।  


बिद्यालयका समस्या बारे पटक पटक सरोकार बाल निकायलाई जानकारी गराउदा समेत कसैले वास्ता नै नगरेको बिद्यालयका प्रधानाध्यापक हर्क बहादुर बोगटीले बताए । उनले  बिद्यालयमा बिद्यार्थी अनुसार सबै पुर्वधारको अभाब रहेकोले पठन पाठनमा समेत समस्या आईरहेको बताए । उनले भने पुरानै जिर्ण भवन तेसै माथी कक्षा कोठा सानो छ बिद्यार्थी संख्या धेरै छ कसरी पढाउने । 


नेपाल सरकारले पछिल्लो समय बिद्यालयका समस्या हेर्ने अधिकार स्थानीय तहलाई  दिएको भएपनि सो बिद्यालयका समस्या माथी स्थानीयतहको समेत नजर पर्न सकेको छैन । तर्सथ यस बिद्यालयको समस्या समाधान प्रति समन्धीत निकाय गम्भीर बन्न जरुरी छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु