धनगढीमा ६६ औँ प्रहरी दिवसको अवसरमा प्रहरी र युवा परिषदको' तपाईँको मास्क खै अभियान !

छिनोफानो   आइतबार १७, असोज २०७८ ११:५८

धनगढीमा ६६ औँ प्रहरी दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय कैलाली र प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेशले ब्यानर सहित तपाईँको मास्क खै र्‍यालीको आयोजना गरेको छ । 

मास्क लगाऔँ, आफू  पनि बचौँ, अरूलाई पनि बचाऔ भन्ने नारा सहित आइतबार बिहान ८ बजे धनगढीको ट्राफिक चौराहा देखी पार्क मोड सम्म कोभिड १९ विरुद्धको सचेतनाका लागि मास्क वितरण कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कँडेल, प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेशका कार्यकारी उपाध्यक्ष युवराज कुँवर, पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतीक विष्ट, युवा परिषद् का सदस्य शेर बहादुर विष्ट, प्रहरी कर्मचारी, ट्राफिक प्रहरी, पत्रकार लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा मास्क वितरण गर्दै सबैलाई मास्कको प्रयोग गरी आफू पनि बाँच्न र अरूलाई पनि बँचाउन मदत गर्न आह्वान गरिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु