मन्त्रिपरिषद्को कार्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । निर्धारित मूल्य मोटा धान प्रति क्विण्टल २९ सय ६७ र मध्यम धान प्रति क्विण्टल ३१ सय २८ रुपैँया तोकिएको छ ।
गत आर्थिक वर्षमा २०७८र७९ मा मोटा धानको मूल्य २७ सय ५२ रुपैँयाप तथा मध्यम धानको २९ सय दुई रुपैँया कायम गरिएको थियो । त्यसैगरि, आर्थिक वर्ष २०७९/८० मा मोटा धानको २९ सय ६७ तथा मध्यम धान प्रति क्विन्टल ३१ सय २८ कायम गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।
मन्त्रालयकाअनुसार न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद हुने व्यवस्था छ । यसैगरि न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोडको बजेट व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने मन्त्रालयले अनुरोध गरेको छ ।
हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाइ रु. ११२ प्रति क्विण्टल व्यवस्थापन खर्च उपलव्ध गराउने व्यवस्था छ । गत वर्ष यस कार्यक्रम अनुसार करिव ९ हजार मेट्रिक टन धान खरिद भएको थियो । यस आर्थिक वर्षमा ३ लाख मे।टन धान खरिदका लागि ३३ करोड रकम विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस