सेती प्रयोगशालामा भएको परिक्षणमा थप १८ जनामा कोरोना पुष्टि

छिनोफानो   सोमबार १८, असोज २०७८ ०३:३९

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९१ नमुना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार हाल अस्पतालमा १२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जमध्ये ५ जना संक्रमितको आइसियुमा र ३ जना संक्रमित विरामीको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु