सिमानाका बाटै फर्किय भारतीय नागरिक

पवन भण्डारी   मङ्गलबार १९, असोज २०७८ ०९:१४

पवन भण्डारी, धनगढी । सरकारले अन्र्तराष्ट्रीय सिमानाकाहरु खुल्ला गर्ने निर्णय गरे पनि सिमा नाका बाट नेपाल आउन सिमा नाका पुगेका बिदेशी नागरिकहरु भने सिमानाका बाट फर्कियका छन । 


नेपाल आउनका लागी कैलालीको गौरीफण्टा नाका पुगेका भारतीय नागरिकहरु आवश्यक कागजात नपुग्दा पुःन भारत फर्कन बाध्य भएका हुन । सरकारले सिमानाका खुल्ला गर्ने निर्णय गरे पनि नेपाल भित्रने बिदेशि नागरिकहरुलाई लाई ७२ घण्टा भित्रको पिसीआर रिर्पोट,र अन्लाईन बाट सिसीएमसी फर्म भर्न अनिवार्य गरेको छ । 


तर भारत बाट नेपाल भित्रने भारतीहरु लाई सो बारे जानकारी नहुदा उनिहरु सिमा नाकाबाटै फर्कियका छन । कैलालीको गौरीफण्टा नाका पुगेका भारतीय नागरिकहरुले भने आफुहरु खुल्ला भईसक्यको जानकारी पाए लगत्तै नेपाल आउन खोजेको तर यहाँ खुल्ला नभएको कारण फर्किनु परेको गुनाँसो गरे । उनले नेपाल सरकारले भारतीय नागरिकलाई मात्र प्रतिबन्ध गर्न गलत भएको बताए । 


भारतले हरेक नेपाली नागरिकलाई सवारी साधन सहित भारत प्रबेश गर्ग अनुमती दिएको भएपनि नेपालले भने बिभिन्न कागजपत्र पेस गरेपछि मात्र प्रबेशका लागी अनुमती दिने गरेको छ ।


 आईतबार गौरीफण्टा नाकाबाट भारतीय नागरिकहरु प्रबेशमा रोक लगायपछि भारतीय प्रहरीले पनि पछि नेपाली नागरिकलाई प्रबेशमा रोक लगायको थियो । आफुहरु कोरोना महामारी पछि नेपाल आउने बाताबरण मिलेको भएपनि नेपाल सरकारले झन्जटीलो प्रक्रिया गरेका कारण समस्या भएको अर्का भारतीय नागरिकले गुनाँसो गरे । 


यता कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललेसरकारले बिदेशि नागरिकहरुको आवागमनका लागी सिसीसिएमसी फर्म , र ७२ घण्टा भित्रको पिसीआर रिर्पोट माग गरेकाले केहि समस्या भएको बताए । प्रशासनले समस्या समाधानका लागी समन्वय गरिरहेको उनको भनाई छ  । 


नेपाली नागरिकहरु लागी निर्बाध रुपमा भारतीय नाका खोलेको भएपनि भारतीय नागरिकहरु लाई नेपाल प्रबेशमा सरकारले अझै नियम लागु गरेको छ । अनर्तराष्ट्रीय सिमा नाका खोल्ने सरकारको निर्णय बिदेशी नागरिक लाई झुक्याउने र सताउने काम मात्र भएको बिदेशी नागरिकहरुले गुनाँसो गरेका छन । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु