बैतडीमा चट्याङ लागेर एक को मृत्यु

छिनोफानो   मङ्गलबार १९, असोज २०७८ ०९:२४

बैतडी मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ खालिबाटा का २८ वर्षीया महेस लुहार को सोमबार साझ चट्याङ लागेर मृत्यु भएको प्रहरी ले जनाएक छ । यस्तै चट्याङ लागेर ३ जना घाइते भएका छन ।

घाइते हुनेमा मृतकका  दाजु आम्बे लुहार , उहाकै भिनाजु डिलाशैनी ३ का हरिस चन्द्र  कोलि र दार्चुला को सैलेसिखर नगरपालिकाका दिपक महर रहेका छन ।सोमबार साझ ६ बजेको समय मा डिलाशैनी ७ को स्वाखानी बाट ७० हजारमा किनेर ल्याएको  भैंसी  समेत मरेको स्थानीय मनिराम भुल ले जानकारी दिनुभएको छ । 

मृतका श्रीमती र एक छोरा रहेका छन । घटना को बिषय मा जानकारी आएपछी अहिले गोकुलेस्वर प्रहरी को टोलि घटना स्थलमा मा पुगिसकेको र घटनाको थप विवरण आउन बाकी रहेको ईलाका प्रहरी कार्यालय बैतडी का प्रहरी निरीक्षक राजेश साही ले जानकारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु