इरान र अजरबैजानमा गएको शक्तिशाली भूकम्पमा परेर पाँचको मृत्यु ८०० बढी घाइते

छिनोफानो   आइतबार १५, माघ २०७९ ०२:३८

शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर इरानमा कम्तिमा पनि तीन जना र अजरबैजानमा दुई जनाको मृत्यु भएको छ । दुवै देशमा गरेर ८०० जना भन्दा धेरै घाइते भएका छन् ।

घाइते हुनेमा इरानमा ३०० जना र अजरबैजानमा ५०० जना छन् । इरानको उत्तर पश्चिम कोय भन्ने ठाउँमा केन्द्रबिन्दु बनाउर ५.९ रेक्टरको भूकम्प गएको हो । जसको झड्का छिमेकी देश अजरबैजानका साथै टर्की, इराक तथा अर्मेनियामा पनि महसुस भएको छ । भूकम्पका कारण इरान र अजरबैजानमा धेरै घर भत्केका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु