विङ्गरबाट खसेर एक जनाको मृत्यु

छिनोफानो   मङ्गलबार १९, असोज २०७८ ०६:२३

कञ्चनपुरबाट धनगढी आइरहेको विङ्गरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मंगलबार महेन्द्रनगर देखि धनगढी आइरहेको म १ ज २०९० नम्बरको विङगरबाट खसेर भीमदत्त नगरपालिका–६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको हो ।

शुक्लाफाँटा नगरपालिका– ५ स्थित अर्जुनी ब्यारेक नजिकै विङगरका सहचालक रहेका बुडाल खसेर घाइते भएका थिए ।

घाइते उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु