खेलकुद क्षेत्रको बिकास कुनै कसर बाकी रहदैन : मुख्यमन्त्री भट्ट

पवन भण्डारी   बुधबार २०, असोज २०७८ ०१:५७

धनगढी–सुदरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले बिभिन्न योजना सहित खेदकुद क्षेत्रलाई अगाढी बढाउने निति लिएको बताए । प्रथम सुदुरपश्चिम प्रदेशस्तरिय भलिबल प्रतियोगीको बुधबार उद्धाटन गर्दै मुख्य मन्त्री भट्टले यस्तो बताएका हुन । 

मुख्य मन्त्री भट्टले कोरोना महामारीका कारण खेलकुद लाई सञ्चालन गर्न नसकेको बताउदै आफुले खेदको बृद्धीबिकासको लागी ऐन निर्माण गर्दे अगाढी बढेको बताए । मन्त्री भट्टले खेलकुदको बिकास गर्नको लागी प्रदेशका सबै जिल्लामा भौतीक संररचना निर्माण खेलाडीहरु लाई प्रशिक्षण कार्यक्रम समेत आयोजना गर्ने बताए । 

साथै उनले गाँउ ठाँउमा लुकेर रहेका प्रतिभा लाई उजाघर गर्नका लागी सबै स्थानीय तहमा स्थानीय परिषद गठन गर्ने तयारी रहेको बताए । कार्यक्रममा बोल्दै सामाजीक बिकास मन्त्री लालबहादुर खड्काले सदुरपश्चिम खेल क्षेत्रमा देशकै अग्रस्थानमा रहेको बताए । 


उनले नेपाल लाई बिश्व सामु चिनाउनका लागी  सुदुरपश्चिम प्रदेशका खेलाडीहरुको महत्व पुर्ण भुमीका रहेको बताए । कार्यक्रममा बोल्दै सामाजिक राज्य मन्त्री मना कुमारी साँउदले खेलकुद जगत राष्टको सम्पती भएकोले यस्को सँरक्षण गर्नु सरकारको दायित्व रहेको बताईन । खेलकुद क्षेत्रको बृद्धी बिकासका लागी प्रदेश सरकार कटिबद्ध रहेको बताईन । 


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु