रामायण' मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन

छिनोफानो   बुधबार २०, असोज २०७८ ०२:४१

काठमाण्डाै – भारतीय टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित हुने पौराणिक कार्यक्रम 'रामायण' मा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको गए राति निधन भएको छ । 

सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक 'रामायण' मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन भएको हो । उनको उमेर ८३ वर्ष थियो । 

हिजो मङ्गलवार राति ११ बजे आफ्नो घरमा उनको ज्यान गएको बीबीसी लेखेको छ । उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए । 

'रामायण' मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक 'विक्रम और बेताल' मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए । 

यही वर्षको मे महिनामा पनि उनको मृत्युलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो । त्यस समय 'रामायण' मा लक्ष्मणको भूमिका निभाउने सुनील लहरीले त्यो अफवाहलाई खारेज गर्दै अरविन्द त्रिवेदी जीवित रहेको बताएका थिए ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु