एमसीसी उपाध्यक्ष सुमार आउँदा  विमानस्थलमा बिरोध प्रर्दशन ,

  बिहिबार २४, भदौ २०७८ ११:४०

एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा  विमानस्थल मा बिरोध प्रर्दशन  भएको छ ।

विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई  विमानस्थल  बाहिरबाट पक्राउ गरिएको हो ।

(एमसीसी) कार्यन्वयनका  बारेमा छलफलका लागि फातिमा सुमारको टोली काठमाडौं आइपुग.को हो ।
टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायतलाई भेट गर्ने कार्यक्रम छ ।

एमसीसीको सम्बन्धमा आवश्यक छलफल गर्नका लागि भन्दै उनीहरु काठमाडौं आइपुगेका हुन् । नेपालमा एमसीसीको सम्बन्धमा पास गर्न हुने र नहुने सम्बन्धमा विवाद हुँदै आएको छ । 
स्रोत रातो पार्टी

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु