गेटामा न्यूनतम सेवासहित एक सय शय्याको अस्पताल सञ्चालन हुने

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० १०:४९

कैलालीको गेटामा पहिलो चरणमा न्यूनतम सेवासहित एक सय शय्याको अस्पताल सञ्चालन हुने भएको छ । संघीय मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्ने निणर्य गरेकोमा स्वास्थ्य मन्त्रालयले एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भएको हो ।

अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयमा पेस गरिएको कार्यक्रम स्वीकृत हुनासाथ अस्पताल सञ्चालनमा आउने गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए । ‘सरकारबाट दरबन्दी स्वीकृत भएर स्वास्थ्य मन्त्रालयले कार्यक्रम स्वीकृत गर्नासाथ अस्पताल सञ्चालन हुने उनले बताए । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट फाइल सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा तेस्रो पटक पुगेर स्वीकृत भएको छ । 

संघीय मन्त्रिपरिषद्ले १४१ जनाको दरबन्दीमार्फत न्यूनतम सुविधासहितको अस्पताल सञ्चालन गर्न स्वीकृति प्रदान गरेको हो । गेटामा न्यूनतम सेवासहितको अस्पताल सञ्चालनका लागि असार १९ गते मन्त्रिपरिषद्ले स्वीकृत प्रदान गरेको हो । साउन महिनाभित्रै गेटामा ओपिडी सेवा सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु