करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

छिनोफानो   शुक्रबार २२, असोज २०७८ १२:४९

धनगढी । करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमारामा माछामार्ने क्रममा सोही ठाउँका ४५ वर्षीय लीखराम चौधरीको मृत्यु भएको हो ।

माछा पोखरीमा मोटर तान्ने तार नांगो भएकाले करेन्ट लागेर मृत्यु भएको आशंका गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु