बैतडीमा जुवा खेल्न नमान्दा निर्घात कुटपिट

छिनोफानो   शुक्रबार २२, असोज २०७८ ०१:०३

बैतडी  । बैतडीको डिलाशैनीका एक व्यक्ति माथि निर्घात कुटपिट भएको छ । डिलाशैनी १ का ५७ वर्षीय अकबर रानामाथी स्थानीय व्यापारी महावीर धामीले निर्घात कुटपिट गरेका हुन् ।

रातको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथी कुटपिट गरेको पीडित रानाका छोरा महेश रानाले बताउनुभयो । रानालाई घरबाट जबरजस्ती आफ्नो पसलमा लगेर कुटपिट गरिएको उहाँले बताउनुभयो ।

कुटपिटबाट रानाको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ । घटनाका विषयमा प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै पक्षलाई सिमार प्रहरीचौकीमा बोलाएको छ । अहिले दुवै पक्ष बीच छलफल भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु