गाड्दै गरेको अवस्थामा एक १४ वर्षीया किशोरीको शव प्रहरीको नियन्त्रणमा

  शुक्रबार २२, असोज २०७८ ०३:२६

वीरगन्जको मुर्लीस्थित कब्रस्तान (मुस्लिमको शम्शानघाट) मा गाड्दै गरेको अवस्थामा एक १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको बिहार पश्चिमी चम्पारण जिल्लाको इनर्वा खमीया गाँउकी १४ वर्षीया बालिका जयुनत खातुनको शव प्रहरीले कब्रस्तानबाटै नियन्त्रणमा लिएको हो ।

शंकास्पद मृत्यु भएकी ती किशोरीको शव अभिभावक र आफन्तले प्रहरीलाइ थाहै नदिई कब्रस्तानमा बिहीबार साँझ लगेर दफनाउन (गाड्न) लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । शव अहिले वीरगञ्जस्थित नारायणी अस्पतालको शव गृहमा राखिएको छ ।

किशोरीको मृत्यु शंकास्पद देखिएकाले शवको पोष्टमार्टम वीरगञ्जमै गर्ने कि काठमाडौं पठाउने विषयमा छलफल भइरहेको पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । मृत्युको कारण लुकाउन हतार–हतार गरेर शव इदगाहमा लगेर गाड्ने कार्यमा संलग्नसहित नौं जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु