कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

छिनोफानो   मङ्गलबार २३, साउन २०८० १२:०८

कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । हिजो (सोमवार) राति १२ बजे घरबाट भागेकी गौरीगंगा नगरपालिका-८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

मध्यरातमा घरबाट भागेकी चौधरीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले बताएको छ । राति करीब २ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-८ कै बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक बासुदेव भट्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु