बाहिरिंदै मनसुन, कहाँ–कहाँ छ आज बर्षाको सम्भावना ?

छिनोफानो   शनिबार २३, असोज २०७८ ११:२२

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका तीन वटा प्रदेशबाट मनसुन ९वर्षा गराउने मौसमी प्रणाली हटिसकेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पूरै क्षेत्र र लुम्बिनी प्रदेशका पश्चिमी भेगबाट शुक्रबार मनसुन हटेको हो ।

बाँकी प्रदेश तथा स्थानमा भने मनसुन कायमै छ । यो हट्न अझै केही दिन लाग्न सक्ने अनुमान मौसमविद्ले गरेका छन् । ‘अझै ३(४ दिनभन्दा पनि बढी लाग्न सक्छ’, शनिबार ९आज० बिहान मौसमविद् नगरकोटीले भनिन् । अहिले ९शनिबार बिहान ६ः४५० देशको पहाडी भेगमा मौसम आंशिक ९आकाशको थोरै भागमा बादल, बाँकी खुला० देखि सामान्य ९धेरै बादल, थोरै खुला० बदली छ भने तराई क्षेत्रका धेरैजसो स्थानमा मौसम सफा छ, आंशिक रूपमा मात्र बादल लागेको छ ।

यस्तै यतिबेला प्रदेश–१, बागमती र गण्डकीका पहाडी भगेका एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज ९शनिबार० दिउँसो ९भन्नाले बिहान १०(११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि० मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना पनि छ ।

मौसमविद् नगरकोटीका अनुसार अपराह्नपछि काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ । ‘तर सम्भावना निकै न्यून छ’, उनले भनिन् । यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।नँया पेजबाट

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु