प्रधानमन्त्री कप : कोशी र सुदूरपश्चिम, मधेस र लुम्बिनी, एपीएफ र गण्डकी तथा बाग्मती र कर्णाली खेल्दै

छिनोफानो   बिहिबार १२, पुष २०८० ०८:५२

काठमाण्डाै - प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज पनि चार वटा खेल हुँदैछन् ।

कीर्तिपुरमा अहिले साढे ९ बजे कोशी र सुदूरपश्चिम प्रदेश तथा मूलपानीमा मधेस र लुम्बिनी प्रदेश खेल्दैछन् । त्यस्तै, दिउँसो सवा एक बजे कीर्तिपुरमा एपीएफ क्लब र गण्डकी प्रदेश तथा मूलपानीमा बाग्मती र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लब सहभागी छन् । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा चलिरहेको छ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । लगातार चार खेल जितेको एपीएफ शीर्ष र तीन खेल जितेको कोशी प्रदेश दोस्रो स्थानमा छ ।

त्यस्तै, तीन खेल नै जितेको सुदूरपश्चिम तेस्रो, दुई/दुई खेल जितेका बाग्मती र सुदूरपश्चिम क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । एक/एक खेल जितेका गण्डकी र मधेस क्रमशः छैटाैँ र सातौँ तथा एक खेल पनि नजितेको कर्णाली पुछारमा छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु