भारतसँगकाे पहिलाे टेस्टमा दक्षिण अफ्रिका १ इनिङ्स र ३२ रनले विजयी

छिनोफानो   शुक्रबार १३, पुष २०८० ०८:०७

काठमाण्डाै – भारतसँगकाे पहिलाे टेस्ट क्रिकेटमा घरेलु टाेली दक्षिण अफ्रिका विजयी भएकाे छ । घरेलु टाेलीले भारतलाई एक इनिङ्स र ३२ रनले हरायाे । याेसँगै दक्षिण अफ्रिकाले २ टेस्टकाे शृङ्खलामा १–० काे अग्रता बनाएकाे छ ।

दाेस्राे इनिङ्समा भारत १ सय ३१ रनमै अल आउट भएपछि दक्षिण अफ्रिका तेस्राे दिन नै विजयी भएकाे हाे । भारतका विराट काेहलीले ७६ र शुभमन गिलले २६ रन बनाए । अरू कुनै पनि खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका नान्दे बर्गेरले ४, मार्काे जनसेनले ३ र कागिसाे रबाडाले २ विकेट लिए ।

दक्षिण अफ्रिकाले पहिलाे इनिङ्समा ४ सय ८ रन बनाएकाे थियाे । दक्षिण अफ्रिकाका डेन एल्गरले सर्वाधिक १ सय ८५ रन बनाए । यस्तै मार्काे जनसेनले नट आउट ८४ र डेभिड बेदिनघमले ५६ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ४ र माेहम्मद सिराजले २ विकेट लिए ।

त्यसअघि सेन्चुरियनकाे सुपरस्पाेर्ट पार्कमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले पहिलाे इनिङ्समा २ सय ४५ रन बनायाे । भारतका केएल राहुलले १ सय १ र विराट काेहलीले ३८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसाे रबाडाले ५ र नान्दे बर्गेरले ३ विकेट लिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु