धनगढी । माघ १ गतेदेखि खाद्य पदार्थ विकी गर्ने पसलमा सुर्ति तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने धनगढी उपमहानगरपालिकाले निर्णय गरेको छ ।
उपमहानगरपालीका ले एक सुचना जारी गर्देै सो बारे जानकारी गराएको हो । स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्थालाई कडाई साथ लागू गर्न उपमहानगरले माघ १ गतेदेखि खाद्य पदार्थ पसलमा मदिरा तथा सुर्तिजन्य पदार्थ विक्रीमा रोक लगाउने भएको हो ।
मंगलबार सूचना जारी गर्दै चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सूर्तीजन्य पदार्थ विकी वितरण नगर्न नगराउन अनुरोध गरेको छ ।
जारी सूचनामा भनिएको छ स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३०, ९१० सूर्ति तथा मदिराजन्य पदार्थ विकी वितरणको लागि उप महानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्नेू र सोही ऐनको दफा ३०,९२० खाद्य पदार्थ विकी गर्ने पसलमा सुर्ति तथा मदिराजन्य पदार्थ विकी वितरण गर्न बन्देज लगाईनेछ । भनि उल्लेख भएकोले २०८० साल माघ १ गते देखि सूर्तीजन्य पदार्थ विकी वितरण नगर्न नगराउन हुन अनुरोध छ ।
प्रतिकृया दिनुहोस