पाँचौ पटक बने MDRT, एभिन्युजकर्मी बिक

छिनोफानो   सोमबार २३, पुष २०८० ०६:२४

एभिन्युज टेलिभिजन सुदुरपश्चिम ब्युरो प्रमुख हरिस बिक हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौ पटक MDRT बनेका छन् । पत्रकारीता क्षेत्र सँगै बिमा व्यवसाय गरिरहेका बिक हिमालयन लाइफको सुदुरपश्चिम प्रदेशबाट पाँचौ पटक MDRT बनेका हुन् । 


हिमालयन लाइफ इन्स्योरेन्सको प्रादेशिक कार्यालय धनगढीले बिक लाई आईतबार एक भब्य कार्यक्रमका बिच  सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै बिकले आफुलाई बिश्वास गरेर बिमा गर्ने बिमितहरु लाई धन्यबाद ज्ञापन गरेका छन् । साथै उनले जिवन सुरक्षा र बचतका लागी हरेक नागरिकले  बिमा अनिवार्य गर्नु भने बताए ।

सुरक्षित भबिष्यका लागी सबैले बिमा गर्न आवश्यक रहेको बताउदै बिकले आफुहरु निकै ठुलो संर्घष गरेर आज पाँचौ पटक MDRT बन्न सफल भएको बिकले बताए । सम्मान कार्यक्रममा बोल्दै  हिमालयन लाइफ इन्स्योरेन्सका धनगढी शाखा प्रमुख रामचन्द्र कुश्मीले लगातर ५ पटक सम्म MDRT बन्नु सामान्य कुरा नभएको बताउदै आगामी दिनमा पनि यस्तै कार्यका लागी कम्पनीले अपेक्षा राखेको बताए । 


हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सुदुरपश्चिम प्रदेश प्रमुख राम बहादुर शाहीले बिक लगायतार ५ पटक MDRT बन्ने सुदुरपश्चिम मै पहिलो रहेको बताए । उनले भने यो संघर्ष अरुले पनि सिक्न जरुरी छ, आगामी दिनमा पनि कम्पनीले अन्य MDRT बाट यस्तै अपेक्षा राखेको बताए ।  सम्मान कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड सँग आबद्ध सम्पुर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु