यसवर्षको एसईई चैत पहिलो साता हुने

छिनोफानो   बिहिबार २६, पुष २०८० ०७:३८

काठमाडौँस् यसवर्षको एसईई चैत पहिलो साता हुने भएको छ। 
राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत पहिलो साता माध्यमिक शिक्षा परीक्षा ९एसईई० हुने जनाएको छ। ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार चैतको पहिलो साता हुनेछ,’ बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘त्यसका निम्ति माघको पहिलो हप्ता रुटिन निकाल्छौं ।’
शिक्षा पत्रकार सञ्जाल ९इजोन०ले बुधबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष शर्माले यस्तो जानकारी दिएका हुन् । शिक्षा विधेयकमा कक्षा १० को परीक्षा उल्लेख नरहेकाले यो वर्ष एसईई हुने वा नहुने भन्नेबारे अभिभावक र विद्यार्थी अन्योलमा परेका थिए । तर, विधेयक संसदमा छलफलको क्रममै रहेकोले बोर्डको निर्धारित तालिकाअनुसारै एसईई हुने अध्यक्ष शर्माले प्रष्ट्याए ।

‘शिक्षा विधयक संसदको पूँजी हो र यो अहिले छलफलको क्रममा छ,’ अध्यक्ष शर्माले भने, ‘विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा एसईई परीक्षा हुन्छ ।’

बोर्डले प्रदेश परीक्षा समितिसँग व्यवस्थापनको पहल गरेको जनाएको छ । शिक्षा ऐनअनुसार बोर्डले रुटिन निर्माण र सार्वजनिक गर्ने, प्रश्नपत्र निर्माण तथा छपाई र प्रमाणपत्र प्रमाणिकरण गर्छ । एसईईका निम्ति ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीले रजिस्ट्रेसन भरेका छन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो वर्ष पहिलो पटक नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुने र विद्यार्थीले प्रत्येक विषयमा ३५ प्रतिशत अंक हासिल गर्नु पर्ने प्रावधान राखिएको बताए ।

‘यो वर्ष नयाँ पाठ्यक्रमअनुसार परीक्षा हुन्छ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुँदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने हुन्छ,’ उनले भने । यसअघि ग्रेडिङ सिस्टम रहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु