बाँदर नियन्त्रणबारे बुझ्न २० सांसद भारत जाने

छिनोफानो   सोमबार ०८, माघ २०८० ११:२३

प्रतिनिधि सभाका संसदीय समितिहरू आफूखुसी ढंगले अघि बढेपछि सभामुख देवराज घिमिरेले संसद सचिवालयसँग समन्वय गरेर काम गर्न सभापतिहरूलाई ध्यानाकर्षण गराएका छन्।

समिति सभापति र सभामुखबीचको छलफलमा कृषि समिति सभापति आरजु राणा देउवाले बीस जना सांसद भारतको हिमाचल राज्यमा बाँदरको बन्ध्याकरणमार्फत् नियन्त्रणको कामबारे अध्ययन गर्न जान लागेको सभामुखलाई जानकारी गराएकी थिइन्।

कृषि समितिका २५ सांसदमध्ये बीस जनाले भारतमा बाँदर नियन्त्रणबारे अध्ययनका लागि भारत जाने इच्छा देखाएका छन्। समितिले सिधै राजदूतावाससँग समन्वय गरेर अघि बढेपछि सभामुखले सभापतिहरूलाई सचिवालयसँग समन्वय गर्न भनेका हुन्।

त्यस्तै छलफलमा कानुन समितिका सभापति विमला सुवेदीले नेसनल डमोक्रेटिक इन्स्टिच्युट ९एनडिआई० सँग सहकार्य गरेर अघि बढ्ने तयारी अघि बढाएको विषयमा सभामुखलाई जानकारी गराएकी थिइन्। एनडिआइले प्रतिनिधि सभाकै पूर्वाधार विकास समितिसँग समेत साझेदारीमा काम गर्ने तयारी गरिरहेको छ। 

सभामुख घिमिरेले भने संसदीय समितिका सभापतिहरूलाई संसद सचिवालयमार्फत् एकद्वार प्रणालीमा रहेर सहयोग परिचालन हुने गरी अघि बढ्न सुझाव दिएका छन्।

ुएनजिओ आइएनजिओले सांसद वा समितिसँग साझेदारी गर्ने होइन। समिति र सांसदहरूले पनि स्वीकार गर्ने वा अस्वीकार गर्ने होइन,ु समिति सभापतिहरूसँगको छलफलपछि सभामुख घिमिरेले भने, ुसंसदीय गतिविधिमा केही सहयोग भए संसद सचिवालय भित्रैबाट गर्नुपर्‍यो।ु

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु