धनगढीमा एक युवकको शव  मृत अवस्थामा फेला

  बिहिबार २४, भदौ २०७८ १०:३७

धनगढीमा एक युवकको शव  मृत अवस्थामा फेला परेका छन्। धनगढी उपमहानगरपालिको –१ शिवनगरमा  बस्ने  सन्तोष थापा   मृत फेला परेका हुन्।

बिहीबार बिहान ३१ वर्षीय सन्तोष थापाको शव घरबाट करिब ५० मिटर टाढा सडकको नालीमा  फेला परेको हो । 

घरबाट नफर्केपछि खोजी गर्ने क्रममा उक्त नालीमा शव फेला परेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताएका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु