अप्रेशनको सेवा सुविधा लिँदै बिरामी रिफर गर्ने डा.बास्कोटा,अस्पताल प्रशासन बेखबर,भर्ना बिरामी जति रिफर

छिनोफानो   बुधबार १७, माघ २०८० १०:११

पवन भण्डारी,धनगढी । जिल्ला अस्पताल अछाममा एपेन्डिक्स,हाइड्रोसिल, हर्निया,समन्धी विषेशज्ञ डाक्टर सोनाली बास्कोटा छन । बास्कोटा विगत दुई वर्ष देखि जिल्ला अस्पतालमा कार्यरत छन । एपेन्डिक्स सम्बन्धित समस्या भएका बिरामीलाई सहज हुने अपेक्षा सहित नियुक्ती गरियकी डाक्टर बास्कोटा प्रति अछामी जनताले गरेको आशा आशामै सिमित बनेको छ ।

डाक्टर बास्कोटा जिल्ला अस्पताल अछाममा नियुक्ती भए देखि हालसम्म एपेन्डिक्सका बिरामीहरु भर्ना या रिफर भएको रेर्कड अस्पताल सँग छैन । एक महिना अघिमात्र  जिल्ला  अस्पताल अछाममा एपेन्डिक्स, सम्बन्धित समस्या भएका बिरामीहरु भने विगत दुई वर्ष देखि हालसम्म ३ जनामात्र भर्ना भई रिफर भएको तथ्यांङ्क रहेको छ ।

बास्कोटा विगत २ वर्ष देखि जिल्ला अस्पताल अछाममा कार्यरत रहेकी छन । अस्पतालको प्रमुख जिम्मेवारी समेत सम्हालि सकेकी बास्कोटाको काम प्रति अस्पताल प्रशासन तथा अस्पताल व्यवस्थापन पक्ष समेत सन्तुष्ट छैन । अछाम जिल्लाका नागरिकलाई सस्तो सेवा सुविधा सहित जिल्लामै उपचार होस भन्ने उद्येश्यका साथ जिल्ला अस्पतालमा डाक्टर बास्कोटा लाई नियुक्ती गरियको थियो । 

तर अछाम जिल्लाका नागरिकहरुले भने सो सेवा पाउन लाँखौ लगानी गर्नु पर्ने वाध्यता कायम नै रहेको छ । जिल्ला अस्पताल अछामबाट बास्कोटाले  हालसम्म करिब ४६ जना बिभिन्न बिरामीको अप्रेशनमा संलग्न रहेको भएपनि उनले सम्झौता गरे एपेन्डिक्स,हाइड्रोसिल, हर्नियाको अप्रेशन गर्नु पर्ने बिरामी दुई वर्षमा ३ जना भर्ना भएको र उनिहरु जिल्ला बाहिरका अस्पतालमा  रिफर गरियको जिल्ला अस्पताल अछामका सुचना अधिकारी गंगा कुमारी बुुढामगरले बताईन ।

उनले भनिन एपेन्डिक्स,समन्धी हाम्रो रेर्कडमा ३ जना मात्र रिफर भएका छन । यो सम्बन्धित बिरामीहरु त आय होलान तर हाम्रो रेर्कडमा ३ जनाको मात्र छ बुढामगरले भनिन् । उनको यो भनाई बाट प्रष्ट बुझ्न सकिन्छ कि डाक्टर बास्कोटाले सो समस्या भएका बिरामी लाई ओ पी  टि बाटै रिफर गर्ने गरेको । 

केहि समय अगाडि  छिनोफानो डटकमले विगत १ महिनामा ३ जना एपेन्डिक्सको अप्रेशन गर्नु पर्ने बिरामी जिल्ला अस्पतालबाट रिफर भएको समाचार प्रकाशित गरेको थियो । छिनोफानोको खोजमा प्राप्त अछाम मंगलसैनका पार्वंती भण्डारी , जनक ढुंगाना र ढकारीकी दिलमाया बुढा जिल्ला अस्पताल अछाममा एपेन्डिक्सको अप्रेशन नहँुदा जिल्ला बाहीर रिफर भएका थिए । तर जिल्ला अस्पतालले सो ३ जना बिरामी बाहेक अन्य बिरामी नै भर्ना नभएको जानकारी दिएको छ ।  अस्पताल सँग एपेन्डिक्स,हाइड्रोसिल, हर्नियाका बिरामी भर्ना गरेको तथ्यांङ्क नै नहुनु अस्पतालको ग्रैह्र जिम्मेवारीपन देखिन्छ । 

डाक्टर बास्कोटाले सो सम्बन्धि बिरामीलाई ओ पी  टि बाटै रिफर गर्ने गरेको समाचार श्रोतको भनाई छ । विशेषज्ञ सहितको सेवा सुबिधा लिदै गरेकि बास्कोटा संग अस्पतालले करिब दुई बर्ष देखि एपेन्डिक्स,हाइड्रोसिल, हर्निया लगायतका अप्रेशन गर्न पर्ने,२४ घण्टा  अस्पतालमै सेवा दिनु पर्ने सम्झौता गरेको छ । उनलाई मासिक २ लाँख ५० हजार सेवा सुबिधा रहेको छ । बास्कोटाले अस्पातालबाट वार्षिक ३० लाँख सेवा सुबिधा लिदै आएकी छन । 

नागरिक लाई निःशुल्क सेवा दिनका लागी सरकारले जिल्ला अस्पताल अछाममा गरेको लगानी बालुवामा पानी झै बनेको बिरामीका आफन्तहरु बताँउछन । नेपाल सरकारको छात्रवृत्ति करार नवौ तहको सेवा सुबिधा डाक्टर बास्कोटाले लिदै आएकी हुन । तर डाक्टर बास्कोटाले गर्नु पर्ने अपे्रशनका लागी बिरामीहरु जिल्लाबाट बाहिर जानु पर्ने वाध्यता यथावत रहेको छ । विशेषज्ञ सेवा अन्र्तगत सेवा सुविधा लिने डाक्टर बास्कोटा जिल्ला अस्पतालको प्रमुुख समेत बनिसकेकी हुन । 

बिरामी रिफर बारे डाक्टर बास्कोटा भनिन्“अस्पताल सँग आवश्यक सामाग्री छैनन् त्यसैले रिस्क लियर काम गर्न सकिन बिरामी रिफर गर्नु पर्यो ।” जिल्ला अस्पतालको प्रमुखको जिम्मेवारीमा रहँदा आफुले गर्नु पर्ने काम र सामाग्री बारे डाक्टर बास्कोटा लाई ज्ञान नहुनु हाँस्यादपद कुरा रहेको भन्दै नागरिकहरुले उनको आलोचना समेत गरेका छन । डाक्टर बास्कोटाले अस्पताल प्रशासनको समेत निर्देशन पालना नगर्ने गरेको बुझीएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु