ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासतभित्रै एक जना मृत फेला

छिनोफानो   सोमबार २५, असोज २०७८ ११:४२

असोज  । ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासतभित्रै एक पुरुष मृत फेला परेका छन् ।प्रहरी चौकी तोरैयाँपुरले आइतबार पक्राउ गरेर टीकापुरलाई बुझाएका ३५ वर्षीय धन बहादुर राना मगर सोमबार बिहानै झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्  ।

हिरासत कक्ष भित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको झ्यालको सरियामा सेतो स्याण्डो (गन्जी) को डोरी बनाई घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा शव फेला परेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले  बताए ।

घटनाको अनुसन्धानका लागि जिल्लाबाटै एसपीको कमान्डमा टोलि आइरहेको र मृतकका आफन्त सुर्खेतबाट आइरहेकाले आफन्त पुगेपछि मात्र शव बाहिर निकालिने डिएसपी सापकोटाले जानकारी दिए ।गाउँमा भैंसी चोरेर लादै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु