प्रदर्शनअघि नै विवादमा 'डाँडाको वरपिपल'

छिनोफानो   सोमबार २५, असोज २०७८ ११:५८

काठमाडौं : यो दशैँमा प्रदर्शन हुने एक मात्र नेपाली फिल्म 'डाँडाको वरपिपल' प्रदर्शनअघि नै विवादमा तानिएको छ। फिल्मका कलाकार तथा निर्देशकले एक कार्यक्रममा महानायकको विषयमा दिएको अभिव्यक्तिका कारण फिल्म विवादमा तानिएको हो। 

फिल्मको गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशक सोभित बस्नेत तथा अभिनेताद्वय भुवन केसी र शिव श्रेष्ठले महानायक र महानायिकाको विषयमा बोलेका थिए। सोभितले भुवन केसीलाई महानायक भनेका थिए भने भुवनले शिवलाई महानायक भन्नुपर्ने बताएका थिए। दुवैको आशय राजेशलाई महानायक नमान्ने बुझिएको थियो। 

उक्त कार्यक्रमको भिडियो सार्वजनिक भएपछि राजेश हमालका प्रशंसकले उक्त फिल्मको गीत तथा ट्रेलरलाई डिसलाइक गर्ने अभियान चलाएका थिए। अहिले फिल्मको ट्रेलर र गीतमा लाइकभन्दा बढी डिसलाइक रहेको छ। 

त्यति मात्र होइन निर्देशक सोभित बस्नेतसँग फिल्मको निर्माता कम्पनी बुढासुब्बा डिटिजल पनि रुष्ट देखिएको छ। यसले फिल्मलाई ठूलो असर पार्ने देखेपछि बुढासुब्बाले सोभित र राजेशलाई सँगै राखेर कुराकानी गराएको थियो। सोभितले आफ्नो गल्ती स्विकारेपछि राजेशका प्रशंसक केही थामिएका छन्।

फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा शिव र गौरी मल्ल मुख्य भूमिकामा देखिँदै छन्। फिल्ममा भुवन केसी, सलोन बस्नेत, रुबिना थापा लगायतका कलाकारको पनि अभिनय रहेको छ। 

लामो समयदेखि सुनसान रहेको नेपाली फिल्म क्षेत्र 'डाँडाको वरपिपल'ले चलायमान बनाउँछ या बनाउँदैन‚ त्यो भने हेर्न बाँकी छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु