प्रतिनिधिसभाबाट रेल्वे विधेयक फिर्ता

छिनोफानो   सोमबार २५, असोज २०७८ ०३:५१

काठमाडौं : रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेको विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकले स्वीकृत गरेको हो।

राष्ट्रियसभामा उत्पत्ति भइ प्रतिनिधिसभामा विचाराधिन रहेको विधेयक फिर्ता लिन सहमतिका लागि राष्ट्रिय सभामा पठाइएको थियो। आजै बसेको राष्ट्रियसभाको बैठकले विधेयक फिर्ता गर्न सहमति जनाएपछि संसदबाट विधेयक फिर्ता भएको हो। प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आज पनि एमाले सांसदहरूले नारावाजी गरेका थिए।

संसदीय सर्वोच्चता कायम गर, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैनलगायतका नारा एमाले सांसदहरूले लगाएका थिए। एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनको पत्र पढेर सुनाए।

प्रतिनिधिसभामा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री देउवाको तर्फबाट मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका छन्।

अवरोधबीच सभामुख सापकोटाले एमाले सांसदहरुलाई आफ्ना कुरा विधि र प्रकृयाअनुरुप संसदमा राख्न आग्रह गर्दै बैठक अघि बढाउने कोसिस गरेका थिए। एमाले सांसदहरूले नाराबाजी नरोकेपछि बैठक कात्तिक ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु