गँगा मा.वि लाई उच्च मा.वि बनाउन सहयोगका लागी अपिल,सहयोगीहरुको नाम बिद्यालयको बोर्डमा राखिने

पवन भण्डारी   मङ्गलबार १५, फागुन २०८० ०९:५८

धनगढी । मंगलसैन  नगरपालिका ६ स्थीत गंगा माबि लाई उच्च मा.वी बनाउनका लागी सहयोग अभियान सञ्चालन गरिएको छ । बिद्यालय ब्यावस्थापन समितीले आगामी आर्थीक बर्ष देखि नै सञ्चालन हुने गरि तयारी थालेको हो । उच्च मावी सञ्चालनका लागी बिद्यालय सँग आर्थीक श्रोतको समस्या भएकोले बिद्यालयले बिभिन्न सहयोगीदाता,दानबिर हरु सँग सहयोगको अपिल गरेको छ ।

साथै बिद्यालयले सदस्य बन्न चाहानेहरुका लागी समेत सदस्यता शुल्क तोकेको छ । साधारण सदस्यता का लागी रु ५ सय (प्रत्येक बर्ष नविकरण गर्नु पर्ने), आजिवन सदस्यता रु ३ हजार , सस्थागत सदस्यता रु २५ हजार, बिशिष्ट सदस्यता रु ५ हजार तोकेको बिद्यालय ब्यावस्थापन समितीका सदस्य सचिव एबम प्रअ मोतीराम भण्डारीले बताए । 

उनले भने बिद्यालय लाई सहयोग गर्ने दाताहरुको नाम बोर्डमा राखिने बताए । एसईई पछि कतिपय बिद्यार्थीहरु बाहिर पढ्न जान नसक्ने अवस्था रहेको र उनिहरु लाई उच्च शिक्षा सम्म गाउमै अध्यायनको लागी सहज हुने प्रअ भण्डारीले बताए । उनले बिद्यालयलाई उच्च मावि सञ्चालनका लागी सबै नागरक लाई सहयोग गरिदिन प्रअ भण्डारीले आग्रह गरे ।  शैक्षिक गुणस्तरका रुपमा गंगा मावि मंगलसैन नगरपालिका कै उत्कृष्ट रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु