निसर्ग अस्पतालमा रहेको ग्लोबल आईएमइ बैंकको एटिएममा तोडफोडको प्रयास गर्ने एक जना पक्राउ;

  शुक्रबार २५, भदौ २०७८ १०:४५

धनगढी स्थित निसर्ग अस्पतालमा रहेको ग्लोबल आईएमइ बैंकको एटिएममा दोस्रो पटक तोडफोडको प्रयास गरिएको छ ।
एटिएममा बिहीबार राति करिब १० बजेर १५ को समयमा  तोडफोड को प्रयास भएको हो । एटिएममा तोडफोड को प्रयास गर्ने कञ्चनपुरको बेलौरी नगरपालिका वडा न १ बस्ने भूपेन्द्र शाहीलाई निसर्ग हस्पिटलका सेक्युरिटी गार्डको टोलीले रङ्गे हात पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ ।
उनले मदिरा सेवन गरी हस्पिटल का स्टाफ हरू माथि समेत दुर्व्यवहार गरेको आरोप छ । शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु