कैलालीमा विङ्गर दुर्घटना हुँदा  १५ जना घाइते

छिनोफानो   मङ्गलबार २६, असोज २०७८ ०५:४९

कैलालीमा विङ्गर दुर्घटना हुँदा  १५ जना घाइते भएका  घाईते भएका  छन्। पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुर स्थित धनगढी बाट नेपालगंञ्ज तर्फ गईरहेको से १ ज ११०५ नम्बरको विङ्गरले बिपरित दिशा बाट आईरहेको से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा विङ्गरमा सबार १४ र एकजना मोटरसाइकल चालक गरी १५ जना घाइते भएका थिए। घाइतेहरुको सेती प्रादेशिक अस्पताल धनगढी उपचार भइरहेको छ । 
मोटरसाइकल चालक धनगढी वडा नम्बर १७ का लक्ष्मण चौधरीको अवस्था सानान्य रहेको छ । यस्तै विङ्गर शाहु कैलालीको गोदावरी नगरपालिका चौकीडाँडा बस्ने ३२ वर्षीय केशब राज भण्डारी, खट्टा  २ ठाँउमा भाचिको छ । विङ्गर सवार बाँके कोहलपुरका ३६ वर्षीय महेशबहादुर चन्द, सोही ठाउँकी ३५ वर्षीय सन्जु केसी चन्दका छोरा समिर चन्द कलेजो मा चोट देखिएका कारण थप उपचारका लागी काठमाण्डौं रेफर गरिएको छ । बाईट साधना सर्मा
१२ जना सामान्य उपचार भई घर फर्की सकेको, विङ्गर चालक गोदावरी नगरपालिका १० ओलानी बस्ने २७ वर्षीय नविनराज पाण्डेयलाई नियन्त्रणमा लिएको जिल्ला  प्रहरी कार्यालय ले जनाएको छ। धनगढीबाट टीकापुर गइरहेको विङ्गरले रोड क्रस गरिरहेको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको होे ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु