बैतडीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक घाइते

छिनोफानो   बुधबार २७, असोज २०७८ ११:२६

 बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक घाइते छन् । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका– ३ पंसेरा निवासी २३ वर्षका योगेश पाल छन् ।

गोकुलेश्वरबाट सद्बाजतर्फ आइरहेको ट्याक्टर मंगलबार राति करिब १२ बजे दोगडाकेदार गाउँपालिका–३ तारनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते पालको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो ।

ट्याक्टर चालक पाल नै थिए । ट्याक्टरमा रहेको सोही स्थानका २० वर्षीय रुपेश कोली घाइते भएको जिल्ला प्रहरी प्रवक्ता दर्शन खड्काले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु