कैलालीमा जीप र बस एकआपसमा ठोक्किँदा ५ जना घाइते

छिनोफानो   बुधबार २७, असोज २०७८ ११:४८

कैलालीको गोदावरी नगरपालिका- ४  मा जीप र बस एकआपसमा ठोक्किँदा ५ जना घाइते भएका छन्।जिल्लको अत्तरिया बाट  बैतडीतर्फ जाँदै गरेको से।१ ज। ९२० नम्बरको बोलेरो जीप र बिपरीत दिशा तर्फबाट आउँदै गरेको ना।४ ख। ८४२८ नम्बरको बस एकआपसमा ठोक्किँदा जीपमा सवार ५ जना घाइते भएका हुन्। 

 घटनामा बैतडी दशरथचन्द ९ ग्वाल्लेक बस्ने ३० वर्षका नरेश जोशी, वडा नम्बर ३ बस्ने वर्ष २० का बिरेन्द्र नाथ, पाटन नगरपालिका ९ खोडपे बस्ने वर्ष १८ का महेशसिंह भाट, कैलालीको गोदावरी नगरपालिका ५ गेटा बस्ने वर्ष ६० का रामदत्त भट्टराई र कञ्चनपुरको कृष्णपुर ५ बस्ने वर्ष १८ का दीपक जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्ट जानकारी दिएका छन् । घाइतेहरु अत्तरिया स्थित पदमा अस्पतालमा उपचाररथ छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु