मुख्यमन्त्री भट्टद्वारा बडा दशैँको अवसरमा शुभकामना व्यक्त

छिनोफानो   बिहिबार २८, असोज २०७८ ११:५३

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बडा दशैँको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । बडा दशैँ २०७८ को अवसरमा लिखित शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नुभयो । 

शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिम प्रदेशका प्रदेशवासीहरूलाई बडा दशैँले एकताको सूत्रमा आबद्ध गरी विविधता बिच एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव, भ्रातृत्व कायम गरी एक आपसमा खुसीयाली साँटासाँट गर्ने अवसर प्रदान होस् भन्ने कामना गर्नु भएको छ ।

विश्वव्यापी रूपमा रहेको कोभिड १९ महामारीका कारण अझै सहज रूपमा चाडपर्व मनाउने अवस्था नभएको उल्लेख गर्दै उहाँले स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरूको पालना गरी चाडपर्व मनाउन सबै प्रदेशवासीलाई अपिल गर्नु भएको छ । मुख्यमन्त्री भट्टले आपसी समझदारी, बन्धुत्व, सामाजिक सद्भाव तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पुगोस् भन्ने शुभेच्छा समेत प्रकट गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु